२०८३, कार्तिक १९ गते

Nov 04 2026

देशी विदेशी शक्तिले एमालेलाई सखाप पार्ने अभियान चलाएका छन्,रक्षा गर्ने जिम्मेवारी हाम्रो काँधमा : थापा

देशी विदेशी शक्तिले एमालेलाई सखाप पार्ने अभियान चलाएका छन्,रक्षा गर्ने जिम्मेवारी हाम्रो काँधमा : थापा

रोज नेपाल
आइतवार, जेठ ३ २०८३
रोज नेपाल
आइतवार, जेठ ३ २०८३
  • काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रक्षा गरेर अघि बढ्नुपर्ने जिम्मेवारी सिंगो पार्टी पंक्तिको काँधमा आएको बताएका छन् ।

    आईतबार मदन आश्रित स्मृति सभाको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा बोल्दै पार्टीको संसदीय दलका नेता समेत रहेका थापाले एमाले र एमालेको नेतृत्व ओलीलाई समाप्त पार्ने षड्यन्त्र देशीविदेशी शक्तिहरुले गरिरहेकाले ती दुवैको रक्षा गर्ने जिम्मेवारी एमालेको काँधमा आएको बताएका हुन् । उपाध्यक्ष थापाले जेन–जी आन्दोलन, निर्वाचन, सरकार, सरकारका निर्णय, पार्टी अध्यक्ष ओलीमाथि भईरहेका षडयन्त्रहरुलाई हेर्दा ती सबै घटनाक्रमहरु दासढुंगा हत्याकाण्डकै निरन्तरताको रुपमा रहेको दाबी समेत गरे ।

    उनले भने, ‘अहिले सरकारले ल्याएको अध्यादेश हेर्नुस, मन्त्रीपरिषद्ले गरेको निर्णयहरु हेर्नुस् । हाम्रो अध्यक्षको गिरफ्तारीलाई हेर्नुस् । उहाँमाथि लगाईका मुद्दाहरुको प्रकृतिलाई हेर्नुस् । यी सबै घटनाहरु के हुन् ? यी सबै घटनाहरु दासढुंगा घटनाकै निरन्रता हुन् । त्यसैको एउटा श्रृंखलाको रुपमा हामीले बुझ्नुपर्दछ । त्यसैले आज नेकपा एमालेको पछाडि एउटा गम्भिर कार्यभारहरु उपस्थित भएको छ । यी सबै घटनाक्रमहरु दासढुंगादेखि यहाँसम्मका घटनाक्रमहरुले हामीलाई के संकेत गरेको छ भने नेकपा एमालेको रक्षाको निम्ति देशीविदेशी शक्तिहरुले जसरी नेकपा एमालेलाई सखाप पार्ने, समाप्त पार्ने जो अभियान उनीहरुले संचालन गरेका छन् । नेकपा एमाले र त्यसको नेतृत्वलाई रक्षा गर्ने एउटा गम्भिर ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको छ ।’

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij