२०८३, आश्विन १ गते

Sep 17 2026

सुधन गुरुङमाथिको छानबिन आजदेखि सुरु

सुधन गुरुङमाथिको छानबिन आजदेखि सुरु

रोज नेपाल
सोमवार, जेठ ४ २०८३
रोज नेपाल
सोमवार, जेठ ४ २०८३
  • काठमाडौं । गृहमन्त्रीबाट राजीनामा दिएका सुधन गुरुङमाथिको छानबिन प्रक्रिया आज देखि सुरु हुने भएको छ। गुरुङमाथि सार्वजनिक रुपमै प्रश्न उठेपछि वैशाख २८ गते बसेको मन्त्रि परिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति बनाएको छ।

    समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य छन्। अध्यक्ष भण्डारीले समितिको पहिलो बैठक सोमबार महालेखा नियन्त्रक कार्यालयमा बोलाएका छन्। समितिको कार्यालय त्यहीँ रहनेछ। सोमबार बस्ने बैठकले कार्ययोजना तयार गर्नेछ। सुरुमा गुरुङ जोडिएका विषयमा सम्बन्धित कार्यालयबाट कागजात झिकाइने समितिका एक सदस्यले बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij