काभ्रे | राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले बनेपामा रहेको सुकुमबासी होल्डिङ सेन्टरको निरीक्षण गरेका छन्। सभापति हरि ढकालको नेतृत्वमा कर्मचारी र सदस्य गरी १५ जनाको टोली आज सोमबार बिहान होल्डिङ सेन्टर पुगेको हो।
टोलीले त्यहाँ बस्दै आएका सुकुमबासी बस्तीका नागरिकहरूसँग छिटो समाधान गर्नुपर्ने माग टिपोट गरेको छ। सरकारले समस्या समाधान छिटो गर्ने वाचा समेत गरेका छन्।
बालबालिकालाई पढाई, लेखाइर्, दीर्घरोगीहरूलाई उचित व्यवस्थापन र छिटो स्थायी बसोबासको माग उनीहरूले राखेका छन्। समितिका सभापति हरि ढकालले शिक्षा र स्वास्थ्यको उचित व्यवस्था छिट्टै हुने बताएका छन्।
