२०८३, कार्तिक १९ गते

Nov 04 2026

प्रधानमन्त्री प्रश्नदेखि भाग्न नपाउने भन्दै श्रम संस्कृति पार्टीले गर्‍यो संसद् बैठकमै प्लेकार्ड प्रदर्शन

प्रधानमन्त्री प्रश्नदेखि भाग्न नपाउने भन्दै श्रम संस्कृति पार्टीले गर्‍यो संसद् बैठकमै प्लेकार्ड प्रदर्शन

रोज नेपाल
सोमवार, जेठ ४ २०८३
रोज नेपाल
सोमवार, जेठ ४ २०८३
  • काठमाडौँ । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको छ । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङ सहितका सांसदहरूले छातीमा प्लेकार्ड राखेर विरोध गरेका हुन् । प्रधानमन्त्री प्रश्नदेखि भाग्न नपाउने लगायतका माग श्रम संस्कृति पार्टीको छ ।

    यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गरेका थिए । तर, प्रधानमन्त्री उपस्थित भएनन् । प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिएका थिए । संसद्मा प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने गरेको छ । त्यो पनि जेठ महिना र असार महिनाको संसदीय क्यालेन्डरमा छैन ।

    यस्तो बेला श्रम संस्कृति पार्टीले संसद्मै प्ले कार्ड देखाएर विरोध जनाएको हो ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij