२०८३, कार्तिक १९ गते

Nov 04 2026

रास्वपा सांसदले विदेशी युवतीलाई गर्भवती बनाएर अपलत्र छाडेको विषय संसदमा चल्यो,

रास्वपा सांसदले विदेशी युवतीलाई गर्भवती बनाएर अपलत्र छाडेको विषय संसदमा चल्यो,

रोज नेपाल
मंगलवार, जेठ ५ २०८३
रोज नेपाल
मंगलवार, जेठ ५ २०८३
  • काठमाडौं । रास्वपा सांसद कृष्णकुमार कार्कीले एकजना विदेशी युवतीलाई गर्भवती बनाएर छाडेको विषय संसदमा चलेको छ ।

     गर्भवती बनाएर अलपत्र पारेको विदेशी  महिला नाइजेरियन नागरिक रहेको पाईएको छ ।  विषयमा नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्ण र नेकपाकी सांसद पार्वती विकले प्रश्न उठाएका हुन् ।

    सांसद विकले सरकारमा रहेको पार्टीका सांसदले गरेको भनिएको घटना के हो सदनमा स्पष्ट पार्न आग्रह गरेकी छिन्।

    ‘सत्तारुढ पार्टीका सांसदले विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषय सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । वास्तविक  घटना के हो यो सदन स्पष्ट हुन चाहन्छ, सांसद विकले भनिन् ।

     सांसद कर्णले विदेशी महिलालाई प्रेममा फसाएर भावनात्मक व्ल्याकमेल गरेको बताइन् ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij