हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति आएको बाढीपहिरोले ठूलो धन मालको क्षति भएको छ।
एक्कासि असिना र पानि परेपछि केही समयमा बाढि पहिरो आएको स्थानीयले बताएका छन्। बाढि पहिरोले विधालय, भेडाबाख्रा , खेती योग्य जमिन र गोठहरु समेत बगाएर लगेको स्थानीयले बताए ।
वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको र भेँडाबाख्रामा क्षति पुगेको छ । धनमाल कति क्षति भयो भनेर एकिन तथ्यांक नआएको बताए।