२०८३, आश्विन २ गते

Sep 18 2026

चलचित्र पत्रकार सङ्घद्वारा पत्रकार तथा कलाकार सम्मानित

चलचित्र पत्रकार सङ्घद्वारा पत्रकार तथा कलाकार सम्मानित

रोज नेपाल
शुक्रवार, जेठ ८ २०८३
रोज नेपाल
शुक्रवार, जेठ ८ २०८३
  • काठमाडौं । चलचित्र पत्रकार सङ्घ नेपाल ले २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा विभिन्न चलचित्र पत्रकार तथा व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

    बिहीबार साँझ आयोजित कार्यक्रममा रु ५५ हजार ५५५ राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता राजत सम्मान’ अनन्त वाग्लेलाई प्रदान गरिएको छ भने ‘राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान’ स्वर्गीय दिनेश सिटौलालाई अर्पण गरिएको छ । त्यसैगरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’ जयन सुब्बा मानन्धर र कुवेरराज गिरीलाई प्रदान गरिएको सङ्घले जनाएको छ ।

    यस्तै, रु ५१ हजार राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ वैकुण्ठराज पराजुलीले प्राप्त गरेका छन् भने ‘दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ सुरक्षा भट्टराईलाई प्रदान गरिएको छ । साथै रु २५ हजार राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान’ मिलन ढुङ्गानालाई प्रदान गरिएको थियो ।

    कार्यक्रममा राजेश हमालदिनेश डिसीकरिश्मा मानन्धरनिखिल उप्रेतीरेखा थापा लगायतले सम्मान तथा पुरस्कार वितरण गर्नुभएको थियो ।

    सो अवसरमा बोल्दै महानायक राजेश हमाल ले नेपाली चलचित्र क्षेत्रलाई स्थापित गर्न चलचित्र पत्रकारिताको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले पत्रकारिताले तथ्यमा आधारित आलोचना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    त्यसैगरी चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी ले चलचित्र पत्रकारितासँग सहकार्य गर्दै नेपाली चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा चैत्यदेवी सिंहअशोक शर्माबद्री पङ्गेनीपल शाहजितु नेपालसुरक्ष्या पन्तनरेन्द्र महर्जनउत्तम केसीअरूणकुमार प्रधानपुष्कर लामानारायण प्रधानजनक कार्कीवसन्त थापा लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij