२०८३, कार्तिक १९ गते

Nov 04 2026

देवभूमि मानव सेवा समाजको आयोजनामा काठमाडौं महानगरपालिका–३१ मा गायत्री नव कुण्डीय महायज्ञ, श्रीमद्भागवत कथा तथा तुलादान धार्मिक महोत्सव सुरु

देवभूमि मानव सेवा समाजको आयोजनामा काठमाडौं महानगरपालिका–३१ मा गायत्री नव कुण्डीय महायज्ञ, श्रीमद्भागवत कथा तथा तुलादान धार्मिक महोत्सव सुरु

मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • काठमाडौं । देवभूमि मानव सेवा समाजको आयोजनामा काठमाडौं महानगरपालिका–३१ मा गायत्री नव कुण्डीय महायज्ञ, श्रीमद्भागवत कथा तथा तुलादान धार्मिक महोत्सव सुरु भएको छ।

    महोत्सवको पहिलो दिन काठमाडौं–३१ का वडा अध्यक्ष सरोज ढकालले कार्यक्रमको औपचारिक उद्घाटन गरे। उद्घाटन समारोहमा विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधि, स्थानिय बासिन्दा र भक्तजनहरूको उल्लेखनीय उपस्थिति थियो ।

    कार्यक्रम अन्तर्गत गायत्री यज्ञ, श्रीमद्भागवत कथा प्रवचन, तथा तुलादान जस्ता धार्मिक क्रियाकलापहरू गरिने आयोजक समाजले जनाएको छ। महोत्सवको उद्देश्य समाजमा धार्मिक चेतना जगाउनु, आध्यात्मिक समृद्धि ल्याउनु र मानव सेवामा सबैलाई प्रेरित गर्नु रहेको छ।
    यसै अवसरमा धार्मिक महोत्सवमा सहयोग गर्ने ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्रका अध्यक्ष तथा समाजसेवी सैलेश ठकुरी , सारा खबरका व्यवस्थापक एवं युवा नेता बिकासबाबु श्रेष्ठलाई सम्मान गरिएको थियो ।

    देवभूमि मानव सेवा समाजले सबै नेपालीलाई धार्मिक कार्यमा सहभागी भई पुण्य लाभ लिन आह्वान ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij