२०८३, आश्विन २ गते

Sep 18 2026

कांग्रेस एकता जोगाउन कोइरालाका पाँच सर्त, नेतृत्वबीच सहमतिका लागि पहल

कांग्रेस एकता जोगाउन कोइरालाका पाँच सर्त, नेतृत्वबीच सहमतिका लागि पहल

रोज नेपाल
सोमवार, जेठ ११ २०८३
रोज नेपाल
सोमवार, जेठ ११ २०८३
  • काठमाडौं । डा. शेखर कोइराला ले नेपाली कांग्रेस भित्रको एकता कायम राख्न पाँच बुँदे प्रस्ताव अघि सारेका छन् । पार्टीभित्र देखिएको मतभेदलाई संवादमार्फत समाधान गर्दै आगामी महाधिवेशन सहमतिमा सम्पन्न गर्नुपर्ने धारणा उनले राखेका हुन्।

    आफूलाई भेट्न पुगेका सभापति गगन थापा, महामन्त्री प्रदीप पौडेल लगायत नेताहरूसँगको छलफलमा कोइरालाले पार्टीभित्र सहकार्य र सन्तुलन कायम गर्न आवश्यक रहेको बताएका थिए। उनको सचिवालयका अनुसार, पार्टी विभाजनको अवस्था सिर्जना हुन नदिन मध्यमार्गी ढंगबाट सहमति खोज्ने उद्देश्यले यी प्रस्ताव अघि सारिएका हुन्।

    पछिल्लो समय सभापति थापाले पनि पार्टीभित्र सबै पक्षलाई समेटेर अघि बढ्न आफू सकारात्मक रहेको बताउँदै आएका छन्। उनले  शेरबहादुर देउवा पक्ष र कोइराला समूहबीच सहकार्य गर्दै १५औँ महाधिवेशन सहमतिमा सम्पन्न गर्ने वातावरण बनाउनुपर्ने धारणा राख्दै आएका छन्।

    कोइरालाले अघि सारेका प्रस्तावहरू यस्ता छन्–

    १.१५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नबनाउने ।

    २. १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण भएका क्रियाशील सदस्यताकै आधारमा महाधिवेशन सम्पन्न गर्ने ।

    ३. १४औँ महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको समितिलाई समायोजन गरेर एउटै संरचना बनाउने |

    ४. कार्यसम्पादन समिति सभापतिको बहुमत कायम हुनेगरी गठन गर्ने ।

    ५ . निर्वाचन समिति, अनुशासन समिति, विधान समिति, क्रियाशील सदस्यता छानबिन समिति लगायतका संरचना आपसी सहमतिबाट गठन गर्ने ।

    कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद समाधान गर्दै नेतृत्वबीच सहमति कायम गर्न यी प्रस्तावलाई अर्थपूर्ण पहलका रूपमा हेरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij