२०८३, आश्विन १ गते

Sep 17 2026

काठमाडौंका ८ पालिकामा रास्वपाको अधिवेशन सम्पन्न

काठमाडौंका ८ पालिकामा रास्वपाको अधिवेशन सम्पन्न

रोज नेपाल
सोमवार, जेठ ११ २०८३
रोज नेपाल
सोमवार, जेठ ११ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका ११ पालिकामध्ये ८ वटाको अधिवेशन सम्पन्न गरेको छ ।

    कागेश्वरी मनोहरा, गोकर्णेश्वर, चन्द्रागिरी, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन र बूढानीलकण्ठ नगरपालिकाको अधिवेशन गरेर रास्वपाले नयाँ नेतृत्व चयन गरेको हो ।

    पालिका अधिवेशनबाट सभापतिमा चयन हुनेहरूमा चन्द्रागिरीमा जनार्दन केसी, नार्गाजुनमा राजन कोइराला, तारकेश्वरमा विनोद चापागाईं, टोखामा सूर्यप्रसाद काफ्ले, बूढानीलकण्ठमा चिरञ्जीवी पाण्डे, गोकर्णेश्वरमा भागवत सापकोटा, कागेश्वरी मनोहरा राजकुमार न्यौपाने र दक्षिणकालीमा उमेश आचार्य छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij