२०८३, आश्विन १ गते

Sep 17 2026

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५३ रुपैयाँ नाघ्यो

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५३ रुपैयाँ नाघ्यो

रोज नेपाल
बिहिवार, जेठ १४ २०८३
रोज नेपाल
बिहिवार, जेठ १४ २०८३
  • काठमाडौं / Nepal Rastra Bank ले बिहीबारका लागि मुद्राको विदेशी विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले जारी गरेको दरअनुसार अमेरिकी डलरको मूल्य नेपाली बजारमा १५३ रुपैयाँ नजिक पुगेको छ।

    राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ। त्यस्तै, युरोपियन युरोको खरिददर १७६ रुपैयाँ ८४ पैसा तथा बिक्रीदर १७७ रुपैयाँ ५४ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्टर्लिङको खरिददर २०५ रुपैयाँ ३२ पैसा र बिक्रीदर २०६ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ।

    यसैगरी, स्वीस फ्राङ्कको खरिददर १९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९५ रुपैयाँ ०८ पैसा कायम हुँदा अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९७ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ ४० पैसा रहेको छ। क्यानेडियन डलरको खरिददर ११० रुपैयाँ ४२ पैसा र बिक्रीदर ११० रुपैयाँ ८६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

    एशियाली मुद्रातर्फ सिङ्गापुर डलरको खरिददर ११९ रुपैयाँ ६० पैसा र बिक्रीदर १२० रुपैयाँ ०७ पैसा कायम गरिएको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५३ पैसा तथा बिक्रीदर २२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ।

    खाडी मुलुकका मुद्रामा साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८८ पैसा तोकिएको छ। कतारी रियालको खरिददर ४१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४२ रुपैयाँ १० पैसा रहेको छ भने यूएई दिरामको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा कायम भएको छ।

    त्यस्तै, मलेसियन रिङ्गिट, दक्षिण कोरियाली वन, स्विडिस क्रोनर र डेनिस क्रोनरको विनिमयदरसमेत राष्ट्र बैंकले सार्वजनिक गरेको छ। कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालजस्ता खाडी क्षेत्रका उच्च मूल्यका मुद्राको दर पनि उल्लेखनीय रूपमा उच्च रहेको छ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको Nepal Rastra Bank ले जनाएको 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij