काठमाडौं । नेपाल राष्ट्र बैंक ले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको मूल्य नेपाली बजारमा १५३ रुपैयाँ नजिक पुगेको छ।
राष्ट्र बैंकले तय गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम भएको छ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ७६ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ३१ पैसा र बिक्रीदर ११० रुपैयाँ ७५ पैसा कायम हुँदा सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८८ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७८ रुपैयाँ १३ पैसा रहेको छ । बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०४ रुपैयाँ ७७ पैसा तथा बिक्रीदर २०५ रुपैयाँ ५८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, स्विस फ्र्याङ्क एकको खरिददर १९३ रुपैयाँ ६४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।
नेपाल राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमयदर परिवर्तन हुन सक्ने जनाएको छ ।