काठमाण्डौं । किसान एसोसिएट नेपालका अध्यक्ष सन्तोष कार्कीले अर्गानिक उत्पादनलाई प्रबर्द्धन गर्दै प्राकृतिक जीवनशैली अपनाउनु अहिलेको आवश्यकता भएको बताएका छन् ।
पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष कार्कीले सम्पूर्ण किसान मात्र होइन समग्र राज्यले नै अर्गानिक उत्पादनलाई प्रोत्साहन र प्रबर्द्धन गर्नुको विकल्प नभएको उनको भनाई छ ।
कृषि पेशामा संलग्न भएका, हुन खोज्ने र यसको महत्व बुझ्नेहरुले भर्मिङ कम्पोष्ट (गँड्यौले मल ) को प्रयोग, प्रोत्साहन र प्रवर्धन जरुरी रहेको भन्दै उत्पादित बस्तुको माग अत्याधिक भएकोले लगानी सहित सबै क्षेत्रको साथ र सहयोग जरुरी रहेको बताए ।
अध्यक्ष कार्कीले संस्थाले प्रोमोटर शेयर खुल्ला गरेकोले सरोकारवालाहरुलाई साथ सहयोग र कम्पनीमा जोडिन अनुरोध गरेका छन् ।