२०८३, आश्विन २ गते

Sep 18 2026

३१ वटा सरकारी निकाय खारेज गर्ने सरकारको घोषणा, २० अर्ब रुपैयाँ जोगिने

३१ वटा सरकारी निकाय खारेज गर्ने सरकारको घोषणा, २० अर्ब रुपैयाँ जोगिने

रोज नेपाल
शुक्रवार, जेठ १५ २०८३
रोज नेपाल
शुक्रवार, जेठ १५ २०८३
  • काठमाडौँ । सरकारले प्रशासनिक खर्च कटौती र सार्वजनिक निकायहरूको प्रभावकारिता वृद्धिका लागि भन्दै ३१ वटा सरकारी निकाय खारेज गर्ने घोषणा गरेको छ ।

    संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रशासनिक संरचना चुस्त बनाउन ३१ वटा निकाय खारेज, ६ वटा निकाय मर्जर, ६ वटा निकाय प्रदेश वा स्थानीय तहमा हस्तान्तरण र १८ वटा निकायको पुनर्संरचना गर्ने घोषणा गरेका हुन् ।

    सरकारको यो कठोर कदमबाट राज्य कोषमा ठुलो रकम बचत हुने अनुमान गरिएको छ । अर्थमन्त्री डा. वाग्लेका अनुसार निकाय खारेजी, मर्जर र पुनर्संरचनाको यो प्रक्रियाबाट मात्रै राज्यको करिब २० अर्ब रुपैयाँ बचत हुने प्रारम्भिक अनुमान छ । जोगिएको उक्त रकम उत्पादनशील क्षेत्र र पूर्वाधार विकासमा परिचालन गरिने सरकारको योजना छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij