काठमाडौँ — पछिल्लो २४ घण्टामा उपत्यकामा गरिएको ट्राफिक अनुगमनका क्रममा १ हजार ९ सय ९४ जना सवारी चालक कारबाहीमा परेका छन्। ट्राफिक नियम उल्लंघन गर्नेहरूबाट कुल रु. ५ लाख ४१ हजार ५०२ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १२७ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १४२ जना, ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने १४९ जना तथा तीव्र गतिमा सवारी चलाउने १०३ जनालाई कारबाही गरिएको हो।
त्यसैगरी लेन अनुशासन पालना नगर्ने १५८ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १३० जना, सडक पेटीमा पार्किङ गर्ने १२८ जना र एकतर्फी सडकमा सवारी चलाउने ९५ जना चालक पनि कारबाहीमा परेका छन्।
अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ९ सय ६२ जनालाई समेत कारबाही गरिएको कार्यालयले जनाएको छ।
