२०८३, कार्तिक १९ गते

Nov 04 2026

सीमा विषयक अभिव्यक्तिप्रति नेकपाको आपत्ति, प्रधानमन्त्रीमाथि राष्ट्रहितविपरीत टिप्पणी गरेको आरोप

सीमा विषयक अभिव्यक्तिप्रति नेकपाको आपत्ति, प्रधानमन्त्रीमाथि राष्ट्रहितविपरीत टिप्पणी गरेको आरोप

रोज नेपाल
सोमवार, जेठ १८ २०८३
रोज नेपाल
सोमवार, जेठ १८ २०८३
  • काठमाडौं । नेपाल–भारत सीमा सम्बन्धमा प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले व्यक्त गरेको भनिएको अभिव्यक्तिप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कडा आपत्ति जनाएको छ।

    सोमबार जारी प्रेस विज्ञप्तिमार्फत नेकपाले उक्त अभिव्यक्ति राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग जोडिएको संवेदनशील विषय भएकाले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
    विज्ञप्तिमा अन्तर्राष्ट्रिय सीमासम्बन्धी अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदललाई एउटै रूपमा व्याख्या गर्न नमिल्ने उल्लेख गरिएको छ। नेकपाका अनुसार कुनै पनि देशको स्वामित्वमा रहेको भूभागमा सहमति वा कानुनी आधारबिना कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमणका रूपमा बुझिन्छ।

    पार्टीले भारतद्वारा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलगायत नेपाली भूमि अतिक्रमण गरिएको विषय ऐतिहासिक तथ्यका रूपमा स्थापित रहेको दाबी गर्दै त्यसलाई कमजोर पार्ने वा भ्रम सिर्जना गर्ने खालका अभिव्यक्ति राष्ट्रहितविपरीत हुने जनाएको छ

    नेकपाले प्रधानमन्त्रीको भनाइले नेपालको भूमि सम्बन्धी स्थापित राष्ट्रिय अडानलाई प्रभावित पार्न सक्ने भन्दै सीमा र राष्ट्रिय हितसँग सम्बन्धित विषयमा जिम्मेवार र तथ्यमा आधारित अभिव्यक्ति दिन आग्रह गरेको छ। साथै, यस्ता विषयमा सरकार स्पष्ट हुनुपर्ने र राष्ट्रिय सहमतिअनुसार अघि बढ्नुपर्ने धारणा पनि विज्ञप्तिमा व्यक्त गरिएको छ।

    705919473_1252651173612632_222702057803388821_n_FNrSd58kcA.png

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij