२०८३, कार्तिक १९ गते

Nov 04 2026

बुटवलमाथि एनआरटीको सहज जित

बुटवलमाथि एनआरटीको सहज जित

बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • काठमाडौँ । न्युरोड टिम (एनआरटी) ले एन्फा महिला लिग छनोट फुटबलमा बुटवल लुम्बिनी एफसीमाथि सहज जित निकालेको छ ।

    च्यासल मैदानमा बुधबार भएको खेलमा एनआरटीले बुटवल लुम्बिनीलाई २–० गोलले हरायो । एनआरटीलाई जिताउन जुना तामाङ र प्रतीक्षा चौधरीले गोल गर्नुभयो । 

    छनोट खेलमा १४ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीबाट उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुने छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

    समूहको शीर्ष दुई टोली एन्फा लिगमा सोझै सहभागी हुने छन् । तेस्रो स्थानमा रहने दुई टोलीबिचको प्लेअफ खेलमार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ । 

     

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij