२०८३, आश्विन १ गते

Sep 17 2026

ब्राउन सुगरसहित दुई युवा पक्राउ

ब्राउन सुगरसहित दुई युवा पक्राउ

रोज नेपाल
बुधवार, जेठ २० २०८३
रोज नेपाल
बुधवार, जेठ २० २०८३
  • सर्लाही । सर्लाहीको बागमती नगरपालिका–८ गान्धीचोकबाट प्रहरीले ब्राउन सुगरसहित दुई जना युवकलाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार अस्थायी प्रहरी पोस्ट सोल्टीबजार र इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा मंगलबार बागमती नगरपालिका–८ निवासी ३० वर्षीय अरुण लामाको घरमा छापा मारेको थियो । सोही क्रममा अरुण लामा र धनुषाको धनुषाधाम नगरपालिका–७ निवासी ३० वर्षीय सनम लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट करिब १० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ बरामद गरिएको छ ।

     प्रहरीले तीन थान एन्ड्रोइड मोबाइल, नेपाली रुपैयाँ २३ हजार ७सय ७० रुपयाँ तथा भारतीय रुपैयाँ ९ सय रुपयाँ समेत बरामद गरेको छ ।

    पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषधसम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij