२०८३, आश्विन १ गते

Sep 17 2026

सिंहदरबारमा सर्वदलीय बैठक जारी

सिंहदरबारमा सर्वदलीय बैठक जारी

रोज नेपाल
सोमवार, जेठ २५ २०८३
रोज नेपाल
सोमवार, जेठ २५ २०८३
  • काठमाडौं । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय अन्तर्गत सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको हो ।

    सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएका हुन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष र सभापतिसहित दुई-दुई जनालाई आमन्त्रण गरिएको थियो तर कांग्रेस, एमाले र नेकपाले पार्टी प्रमुखलाई पठाएनन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भने बैठकमा सहभागी भएका छन् । हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीले बैठक नै बहिष्कार गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij