२०८३, कार्तिक १९ गते

Nov 04 2026

संस्थापन पक्षसँग सहमति भएको खबर गलत, कोइराला सचिवालयको स्पष्टोक्ति

संस्थापन पक्षसँग सहमति भएको खबर गलत, कोइराला सचिवालयको स्पष्टोक्ति

बुधवार, जेठ २७ २०८३
बुधवार, जेठ २७ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन पक्षसँग सहमतिको कुनै पनि औपचारिक प्रस्ताव नआएको स्पष्ट पारेको छ।

    सचिवालयका अनुसार हाल सामाजिक सञ्जाल तथा केही माध्यमहरूमा कांग्रेस संस्थापन पक्षले सात बुँदे सहमति प्रस्ताव पठाएको भन्ने कुरा बाहिर आए पनि त्यसमा कुनै सत्यता छैन।

    सचिवालय प्रमुख दिनेशचन्द्र थपलियाले भनेका छन् कि डा. कोइराला र उनको सचिवालयलाई अहिलेसम्म यस्तो कुनै प्रस्ताव प्राप्त नभएको र कुनै औपचारिक संवाद पनि नभएको हो।

    उनका अनुसार संस्थापन पक्षसँग पछिल्लो औपचारिक भेटघाट विशेष महाधिवेशनपछि मात्र भएको थियो। त्यस क्रममा २०८२ चैत २२ गते प्रदीप पौडेल र २०८३ वैशाख २२ गते गगन थापाले भेट गरेको भए पनि त्यसपछि कुनै नयाँ छलफल वा सम्पर्क नभएको सचिवालयको भनाइ छ।

    सचिवालयले यस्ता आधारहीन र भ्रामक खबरको विश्वास नगर्न सबैलाई आग्रह गरेको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij