२०८३, आश्विन १ गते

Sep 17 2026

विद्युत सर्टबाट राति आगलागी, मकवानपुर बकैया–३ मा एक घर पूर्ण रूपमा नष्ट

विद्युत सर्टबाट राति आगलागी, मकवानपुर बकैया–३ मा एक घर पूर्ण रूपमा नष्ट

बुधवार, जेठ २७ २०८३
बुधवार, जेठ २७ २०८३
  • मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–३ चिसापानीमा गएराति विद्युत सर्ट हुँदा भएको आगलागीले एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

    स्थानीय कुलबहादुर घिसिङको घरमा विद्युत लाइन सर्ट भएपछि अचानक आगो फैलिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    घटनामा मानवीय वा पशुचौपाया क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ। तर आगलागीका कारण घरभित्र रहेका खाद्यान्न तथा सामग्रीहरू ठूलो मात्रामा नष्ट भएका छन्।

    प्रहरीका अनुसार करिब ३० मुरी धान, १५ क्विन्टल मकै, एक थान विद्युतीय घट्ट, फर्निचर तथा अन्य सामान, लत्ताकपडा, भाँडाकुँडा र विद्युत मिटरसमेत जलेर नष्ट भएका छन्। कुल क्षतिको अनुमानित मूल्य करिब १२ लाख ८० हजार रुपैयाँ बराबर रहेको छ।

    आगो नियन्त्रणका लागि प्रहरी चौकी हात्तीसुँडे, इलाका प्रहरी कार्यालय फापरबारी, स्थानीयवासी तथा बागमती र हेटौंडा उपमहानगरपालिकाको दमकल परिचालन गरिएको थियो। संयुक्त प्रयासपछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij