२०८३, कार्तिक १९ गते

Nov 04 2026

दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु अर्थमन्त्री डा.स्वर्णिम वाग्ले

दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु अर्थमन्त्री डा.स्वर्णिम वाग्ले

रोज नेपाल
बिहिवार, जेठ २८ २०८३
रोज नेपाल
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ईभीमा पिक पावरको विकृति अन्त्य गर्दै मूल्यका आधारमा कर लगाउने व्यवस्था गरेको बताएका छन् ।

     बिहीबार प्रतिनिधिसभा लेखा समितिमा सांसदहरूको प्रश्नको जवाफ दिँदै वाग्लेले भने, “पहिले मोबाइल कस्टमाइज भएर आउँथ्यो, अहिले गाडी पनि त्यसैगरी आउन थालेका छन् । त्यसैले मूल्यका आधारमा कर निर्धारण गर्नुपरेको हो ।”

    समितिमा सांसदहरूले बजेट सार्वजनिक हुनुअघि कर दर चुहावट गरी ईभी आयात भएको र अर्थमन्त्रीले फाइदा लिएको आशङ्का व्यक्त गरेका थिए । जवाफमा वाग्लेले प्रमाण ल्याउन चुनौती दिँदै भने, “दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै अनियमितता गरेको प्रमाण ल्याउनुहोस् भने राजनीति मात्र होइन, सार्वजनिक जीवन नै छोड्न तयार छु ।” 

    उनले आगामी बजेटमार्फत तीन दशकयताकै ठूलो कर संरचना सुधार गरिएको दाबी गरे । सभ्रान्त वर्गले प्रयोग गर्ने महँगा ईभीमा बढी कर लाग्ने र पिक पावरको विकृति हटाउने गरी विवेकपूर्ण व्यवस्था गरिएको उनको भनाइ छ । 

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij