२०८३, आश्विन १ गते

Sep 17 2026

काभ्रेको खोपासीमा २०८३ संयुक्त विपद् उद्धार हातेमालो अभ्यास सम्पन्न

काभ्रेको खोपासीमा २०८३ संयुक्त विपद् उद्धार हातेमालो अभ्यास सम्पन्न

रोज नेपाल
बिहिवार, जेठ २८ २०८३
रोज नेपाल
बिहिवार, जेठ २८ २०८३
  • काभ्रेपलाञ्चोक। काभ्रेको जिल्ला विपद् व्यवस्थापन समिति आयोजनामा पनौती नगरपालिका–१० खोपासीस्थित जलविद्युत् केन्द्र परिसरमा विपद् पूर्व र विपद् पश्चात् उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणका लागि संयुक्त विपद् उद्धार  हातेमालो २०८३ अभ्यास  सम्पन्न भएको छ । 

    प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक गोपालकुमार अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली सेनाको धुलिखेलस्थित श्रीमेहर गण, सशस्त्र प्रहरी बल पाँचखाल र जिल्ला प्रहरी कार्यालय काभ्रेका सुरक्षाकर्मीहरूले विपद् प्रतिकार्य तथा उद्धारसम्बन्धी विभिन्न अभ्यास प्रस्तुत गरेका थिए । 

    पनौती नगरपालिकाको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा तीनवटै सुरक्षा निकायका प्रतिनिधिहरूले विपद्को अवस्थामा संयुक्त रूपमा गरिने उद्धार तथा प्रतिकार्यका विविध पक्षबारे जानकारी गराएका थिए।

     अभ्यासका क्रममा पानीजन्य विपद्, आगलागी, ग्यास चुहावटबाट हुन सक्ने दुर्घटना, घरभित्र च्यापिएका वा थुनिएका व्यक्तिको उद्धार, खोँचमा खसेका व्यक्तिहरूको उद्धार तथा सडक दुर्घटनापछि गरिने खोज, उद्धार र उपचारका नमुना प्रदर्शन गरिएको थियो ।

    h.jpg
    hhh.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij