काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा रु ३ सयले बढेको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ ।
हिजो सोमबार सुन प्रतितोला रु २ लाख ९८ हजार २ सय रुपयाँमा कारोबार भएको छापावाला सुन आज मङ्गलबारका लागि भने रु २ लाख ९८ हजार ५ सय रुपयाँमा निर्धारण भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सोमबार चाँदी प्रतितोला रु ५ हजार १५ रुपयाँमा कारोबार भएको थियो भने आज मङ्गलबारका लागि भने रु ४ हजार ९ सय ९० रुपयाँमानिर्धारण भएको छ ।
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश चार हजार ३२७ दशमलव ६६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।