२०८३, कार्तिक १९ गते

Nov 04 2026

अमेरिका–इरानबीच अन्तरिम शान्ति समझदारी, प्रतिबन्ध फुकुवादेखि युद्धविराम विस्तारसम्मका सहमति सार्वजनिक

अमेरिका–इरानबीच अन्तरिम शान्ति समझदारी, प्रतिबन्ध फुकुवादेखि युद्धविराम विस्तारसम्मका सहमति सार्वजनिक

रोज नेपाल
बिहिवार, आषाढ ४ २०८३
रोज नेपाल
बिहिवार, आषाढ ४ २०८३
  • काठमाडौं । अमेरिका र इरानबीच जारी तनावलाई शान्तिपूर्ण निकास दिने उद्देश्यले भएको अन्तरिम शान्ति समझदारीका मुख्य बुँदाहरू सार्वजनिक गरिएका छन्। दुवै देशका शीर्ष नेतृत्वले सहमतिपत्रमा डिजिटल रूपमा अनुमोदन गरिसकेको जनाइएको छ।

    सार्वजनिक विवरणअनुसार उक्त समझदारी बुधबारदेखि कार्यान्वयनमा आएको बताइएको छ भने औपचारिक हस्ताक्षर आगामी शुक्रबार स्वीट्जरल्याण्डमा हुने तयारी छ।

    सम्झौतामा क्षेत्रीय स्तरमा तत्काल युद्धविराम लागू गर्ने, हर्मुज जलडमरूमध्य हुँदै हुने अन्तर्राष्ट्रिय समुद्री यातायात सहज बनाउने तथा इरानी बन्दरगाहमाथि लगाइएका अवरोध हटाउने विषय समावेश गरिएको छ। साथै, इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध क्रमशः हटाउने सहमति पनि भएको जनाइएको छ।

    समझदारीअनुसार रोक्का गरिएका इरानी सम्पत्तिहरू खुला गरिनेछ भने देशको आर्थिक पुनरुत्थानका लागि करिब ३०० अर्ब अमेरिकी डलर बराबरको सहयोग तथा लगानी योजना अघि बढाइने उल्लेख छ। इरानले परमाणु हतियार विकास नगर्ने आफ्नो पुरानो प्रतिबद्धता पुनः दोहोर्‍याएको पनि बताइएको छ।

    यसअघि लागू गरिएको युद्धविरामलाई थप ६० दिनका लागि निरन्तरता दिने सहमतिसमेत भएको छ। उक्त अवधिमा दुवै पक्ष स्थायी शान्ति सम्झौताका लागि वार्तामा रहनेछन्।

    फ्रान्समा सम्पन्न जी–७ शिखर सम्मेलनमा सहभागी विश्व नेताहरूले यस कदमलाई सकारात्मक रूपमा स्वागत गरेका छन्। यद्यपि, सम्झौता पूर्ण रूपमा कानुनी हैसियतमा नपुग्दासम्म यसको दीर्घकालीन स्थायित्वबारे आशंका कायम रहेको अमेरिकी अधिकारीहरूको भनाइ छ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता पालना नभए कडा सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका छन्। अर्कोतर्फ, इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रमबारे उनको अघिल्लो कठोर धारणा केही नरम बनेको संकेत पनि देखिएको छ।

    सम्झौताको प्रभाव अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत देखिएको छ। हर्मुज जलडमरूमध्य खुला रहने अपेक्षासँगै कच्चा तेलको मूल्यमा गिरावट आएको थियो। तर अमेरिकी पक्षबाट आएको पछिल्लो चेतावनीपछि मूल्यमा सामान्य उतारचढाव देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij