२०८३, आश्विन १ गते

Sep 17 2026

संसदीय समितिहरू सक्रिय, आज बजेटदेखि स्थानीय निर्वाचन तयारीसम्म छलफल हुने

संसदीय समितिहरू सक्रिय, आज बजेटदेखि स्थानीय निर्वाचन तयारीसम्म छलफल हुने

रोज नेपाल
बिहिवार, आषाढ ४ २०८३
रोज नेपाल
बिहिवार, आषाढ ४ २०८३
  • काठमाडौं । संघीय संसद्अन्तर्गतका तीन संसदीय समितिले आज विभिन्न समसामयिक विषयमा छलफल गर्न बैठक आयोजना गरेका छन्।

    महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ९ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने तय भएको छ। बैठकमा समितिको आगामी स्थलगत अनुगमन भ्रमणको योजना, उद्देश्य तथा व्यवस्थापनका विषयमा विचार-विमर्श गरिनेछ।

    त्यसैगरी, राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बोलाइएको छ। उक्त बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्ताव गरेको बजेट तथा वार्षिक कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ।

    आजै बिहान ११ बजे राष्ट्रिय सभाकै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्नेछ। बैठकमा आगामी स्थानीय तह निर्वाचनको तयारी, आवश्यक व्यवस्थापन तथा सम्बन्धित निकायको पूर्वतयारीबारे समीक्षा गरिने कार्यक्रम रहेको छ।

    संसदीय समितिहरूका यी बैठकहरूबाट नीति, बजेट र निर्वाचन व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण विषयमा आवश्यक सुझाव तथा निष्कर्ष आउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij