२०८३, आश्विन १ गते

Sep 17 2026

पेट्रोल बोकेको ट्यांकरसँग ठोक्कियो ६० जना सवार बस

पेट्रोल बोकेको ट्यांकरसँग ठोक्कियो ६० जना सवार बस

शनिवार, भाद्र २१ २०८२
शनिवार, भाद्र २१ २०८२
  • धादिङमा बस र ट्यांकर ठोक्किएको छ।

    धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ स्थित बादरेमोडस्थित पृथ्वी राजमार्ग सडकखण्डमा काठमाडौंबाट बीरगन्ज जाँदै गरेको ना ४ ख २८९४ नम्बरको बस र बीरगन्जबाट काठमाडौं आउँदै गरेको ना ४ ख ३१३३ नम्बरको पेट्रोल बोकेको ट्यांकर ठोक्किएको हो।

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार धादिङ यातायात समितिको बस र पेट्रोल बोकेको ट्यांकर ठोक्किँदा बसमा सवार १३ जना घाइते भएका छन्।

    बसमा ६० जना सवार रहेको प्रहरीले जनाएको छ। तीमध्ये घाइते भएका १३ जनालाई उपचारका लागि मलेखुस्थित राजमार्ग अस्पतालमा लगिएको छ।

    घाइतेहरू सबै धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ का रहेको पनि जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिएका छन्।

    २० वर्षीया सरिता चेपाङ, ४५ वर्षीया हरिबहादुर चेपाङ, ६० वर्षीय होमबहादुर चेपाङ, २० वर्षीया अप्सरा चेपाङ  १३ वर्षीया मनिषा परियार, १२ वर्षीय नवीन चेपाङ,  १३ वर्षीय रञ्जित चेपाङ,  ६८ वर्षीया फुलमाया चेपाङ, ४९ वर्षीय बिष्णु चेपाङ, २८ वर्षीया कल्पना चेपाङ,  ४० वर्षीया तारा बानिया,३६ वर्षीया संगिता चेपाङ र १० वर्षीय अजय चेपाङ घाइते भएका छन्।

    बसचालक मकवानपुरको कैलाश गाउँपालिका-२ का ३१ वर्षीय जीवन राना  र ट्याङकर चालक धादिङको थाक्रे गाउँपालिका-५ का ३५ वर्षीय बुद्ध थोकर प्रहरीको नियन्त्रणमा छन्। 

    दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij