२०८३, आश्विन १ गते

Sep 17 2026

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५१ रुपैयाँ नाघ्यो

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५१ रुपैयाँ नाघ्यो

शनिवार, आषाढ ६ २०८३
शनिवार, आषाढ ६ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलरको मूल्य १५१ रुपैयाँको हाराहारीमा कायम भएको छ।

    राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा तोकिएको छ। त्यस्तै, युरो, पाउण्ड स्टर्लिङ र स्वीस फ्र्याङ्कको मूल्य पनि उच्च स्तरमा रहेको छ।

    आजका लागि एक युरोको खरिददर १७२ रुपैयाँ ६६ पैसा तथा बिक्रीदर १७३ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ। बेलायती पाउण्ड स्टर्लिङको खरिददर १९९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २०० रुपैयाँ १३ पैसा कायम हुँदा स्वीस फ्र्याङ्कको खरिददर १८६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५० पैसा रहेको छ।

    अन्य प्रमुख मुद्रातर्फ अष्ट्रेलियन डलरको खरिददर १०५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०४ पैसा तोकिएको छ भने क्यानेडियन डलरको खरिददर १०६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०९ पैसा रहेको छ। सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ११ पैसा कायम गरिएको छ।

    एसियाली मुद्रातर्फ जापानी येन १० एकाइको खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ। चिनियाँ युआनको खरिददर २२ रुपैयाँ २५ पैसा र बिक्रीदर २२ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    मध्यपूर्वका मुद्राहरूमा साउदी रियालको खरिददर ४० रुपैयाँ १३ पैसा तथा बिक्रीदर ४० रुपैयाँ २९ पैसा कायम गरिएको छ। कतारी रियालको खरिददर ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५२ पैसा रहेको छ भने यूएई दिरामको खरिददर ४१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४१ रुपैयाँ १७ पैसा तोकिएको छ।

    राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदरमा परिवर्तन हुन सक्ने जनाएको छ। विदेशी मुद्रा कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले भने आफ्नो कारोबारका लागि केही फरक दर कायम गर्न सक्नेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij