२०८३, आश्विन २ गते

Sep 18 2026

सुन–चाँदी दुवैको मूल्यमा उकालो, बजारमा नयाँ दर कायम

सुन–चाँदी दुवैको मूल्यमा उकालो, बजारमा नयाँ दर कायम

आइतवार, आषाढ ७ २०८३
आइतवार, आषाढ ७ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्दै २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    यसअघि शुक्रबार सुन तोलामा २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, चाँदीको मूल्य पनि आज वृद्धि भएको छ। चाँदी तोलामा ५० रुपैयाँले बढेर ४ हजार ६ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    शुक्रबार चाँदी तोलामा ४ हजार ६ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

    बजारमा लगातार देखिएको मूल्य उतारचढावले सुनचाँदी खरिद–बिक्रीमा थप सतर्कता अपनाउनुपर्ने अवस्था बनेको व्यवसायीहरूले बताएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij