हेटौंडा ।अर्थमन्त्री स्वर्णिम वाग्ले आज हेटौंडा आउने कार्यक्रम तय भएपछि स्थानीय क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
उनी नेपाल बैंक लिमिटेड सिटी अफिस हेटौंडाको नवनिर्मित भवनको उद्घाटन तथा शुभारम्भ कार्यक्रममा सहभागी हुन हेटौंडा आउन लागेका हुन्।
अर्थमन्त्रीको भ्रमणलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत सम्बन्धित सुरक्षा निकायले आवश्यक सुरक्षा प्रबन्ध मिलाएका छन्। कार्यक्रम स्थल तथा आसपासका क्षेत्रमा सुरक्षा निगरानी समेत बढाइएको जनाइएको छ।
नेपाल बैंकको नयाँ भवन उद्घाटनसँगै बैंकिङ सेवा अझ व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री हुने अपेक्षा गरिएको छ।
उक्त कार्यक्रममा जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, बैंकका उच्च पदाधिकारी, उद्योगी–व्यवसायी तथा सर्वसाधारणको समेत सहभागिता रहने बताइएको छ।
