२०८३, आश्विन १ गते

Sep 17 2026

हिरासतभित्र प्रवेश गरी धम्की दिएको आरोपसहित गृहमन्त्रीविरुद्ध मानव अधिकार आयोगमा उजुरी

हिरासतभित्र प्रवेश गरी धम्की दिएको आरोपसहित गृहमन्त्रीविरुद्ध मानव अधिकार आयोगमा उजुरी

रोज नेपाल
सोमवार, आषाढ ८ २०८३
रोज नेपाल
सोमवार, आषाढ ८ २०८३
  • काठमाडौं । शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई हिरासतभित्रै प्रवेश गरी धम्की दिएको आरोपसहित गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ।

    पीडित भनिएका अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले आयोगको केन्द्रीय कार्यालय, पुल्चोक पुगेर औपचारिक निवेदन दर्ता गरेका हुन्। उनीहरूले राज्यका जिम्मेवार पदाधिकारी र गृह प्रशासनकै मिलेमतोमा आफूहरूमाथि गम्भीर मानव अधिकार उल्लंघन भएको दाबी गरेका छन्।

    निवेदनमा उल्लेख भए अनुसार, गत जेठ १९ गते कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवादसम्बन्धी विषयमा भारतीय दूतावास अगाडि गरिएको शान्तिपूर्ण प्रदर्शनका क्रममा उनीहरूलाई सोह्रखुट्टे प्रहरी वृत्तले पक्राउ गरेको थियो।

    पक्राउपछि करिब आधा घण्टामै गृहमन्त्री नेतृत्वको टोली हिरासत कक्षभित्र अनधिकृत रूपमा प्रवेश गरेको आरोप लगाइएको छ। उनीहरूको दाबी अनुसार सो क्रममा मानसिक दबाब दिने, गालीगलौज गर्ने तथा ज्यान मार्ने धम्कीसमेत दिइएको थियो।

    उजुरीकर्ताहरूले प्रहरी प्रशासनको लापरबाहीका कारण हिरासतजस्तो संवेदनशील स्थानमै यस्तो घटना हुनु गम्भीर मानव अधिकार उल्लंघन भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij