२०८३, आश्विन १ गते

Sep 17 2026

पासपोर्ट छपाइ प्रकरण :महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर

पासपोर्ट छपाइ प्रकरण :महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर

रोज नेपाल
सोमवार, आषाढ ८ २०८३
रोज नेपाल
सोमवार, आषाढ ८ २०८३
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

    राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल,सूचना प्रविधि निर्देशक सुनिल केसी, तुलसी आचार्यसहितलाई विपक्षी बनाइएको उक्त मुद्दामा कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रूपैयाँ बिगो दाबी रहेको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानीने जानकारी दिइन् ।

    उनका अनुसार अख्तियारले १० जना कर्मचारी, २ कम्पनी, ४ विदेशी नागरिक र २ जर्मन कम्पनीका नेपाली प्रतिनिधिलाई प्रतिवादी बनाएर मुद्दा पेश गरेको छ ।

    राहदानी छपाइमा भएको अनियमिततालाई लिएर तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि अख्तियारले बयानमा बोलाएको थियो । तर, मुद्दा अभियोजनमा उनलाई प्रतिवादी नबनाएको स्रोतले जानकारी दियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij