२०८३, आश्विन १ गते

Sep 17 2026

एमालेमा आज दुई चरणको बैठक, समसामयिक राजनीति र पार्टी गतिविधिमा छलफल हुने

एमालेमा आज दुई चरणको बैठक, समसामयिक राजनीति र पार्टी गतिविधिमा छलफल हुने

रोज नेपाल
मंगलवार, आषाढ ९ २०८३
रोज नेपाल
मंगलवार, आषाढ ९ २०८३
  • काठमाडौँ। नेकपा (एमाले) ले आज संसदीय दल र सचिवालय दुवै तहका महत्वपूर्ण बैठक बोलाएको छ। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा हुने यी बैठकमा समसामयिक राजनीतिक परिस्थिति र संसद्को पछिल्लो गतिविधिबारे छलफल हुने बताइएको छ।

    पार्टी स्रोतका अनुसार संसदीय दलको बैठक दिउँसो १ बजे सुरु हुनेछ भने त्यसपछि सचिवालय बैठक साँझ ६ बजेका लागि तय गरिएको छ।

    दुवै बैठकमा पार्टीभित्रका आन्तरिक विषयहरूका साथै राष्ट्रिय राजनीतिक अवस्था र संसदीय रणनीतिबारे समेत गहन छलफल हुने अपेक्षा गरिएको छ। पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर एमालेले आफ्नो धारणा र आगामी कदम तय गर्ने तयारी गरेको बुझिएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij