२०८३, आश्विन २ गते

Sep 18 2026

सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि विष्णु पौडेललाई काठमाडौंमा विभागमा उपस्थित गराइयो

सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि विष्णु पौडेललाई काठमाडौंमा विभागमा उपस्थित गराइयो

रोज नेपाल
मंगलवार, आषाढ ९ २०८३
रोज नेपाल
मंगलवार, आषाढ ९ २०८३
  • काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई काठमाडौं ल्याएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ।

    सुर्खेतबाट नियन्त्रणमा लिइएका उनलाई स्थलमार्ग हुँदै राति नै काठमाडौं ल्याइएपछि आज बिहान विभागमा हाजिर गराइएको हो। उनलाई थप अनुसन्धान प्रक्रिया अघि बढाउन विभागमा राखिएको बताइएको छ।

    विभाग स्रोतका अनुसार पौडेलको शेयर कारोबार र सम्पत्तिको स्रोतबारे शंकास्पद देखिएका विवरणहरूबारे अनुसन्धान भइरहेको छ। सोही सिलसिलामा उनलाई नियन्त्रणमा लिएर बयान तथा आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ।

    पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका बेला पक्राउ परेका थिए। उनलाई आजै म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ।




    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij