२०८३, आश्विन २ गते

Sep 18 2026

पार्टी परिवर्तनपछि तीन जनप्रतिनिधि पदमुक्त, निर्वाचन आयोगको निर्णय सार्वजनिक

पार्टी परिवर्तनपछि तीन जनप्रतिनिधि पदमुक्त, निर्वाचन आयोगको निर्णय सार्वजनिक

रोज नेपाल
मंगलवार, आषाढ ९ २०८३
रोज नेपाल
मंगलवार, आषाढ ९ २०८३
  • काठमाडौं / राजनीतिक दल परिवर्तन गरेको कारण तीन जना स्थानीय जनप्रतिनिधिहरू पदमुक्त भएका छन्। निर्वाचन आयोगले नेपाली कांग्रेसबाट निर्वाचित उनीहरूको पद रिक्त भएको औपचारिक घोषणा गरेको हो।

    पदमुक्त हुनेहरूमा जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी तथा बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाल रहेका छन्।

    उनीहरू तीनै जना निर्वाचित भएपछि नेपाली कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। पार्टी परिवर्तनपछि नेपाली कांग्रेसले निर्वाचन आयोगमा उनीहरूको पद खारेज गर्न औपचारिक माग गरेको थियो।

    राजनीतिक दलसम्बन्धी ऐनअनुसार सम्बन्धित दलको सिफारिस र प्रक्रियागत निर्णयका आधारमा आयोगले उनीहरूको पद रिक्त भएको जनाएको हो।

    यस निर्णयसँगै स्थानीय तहमा निर्वाचित भएर पार्टी परिवर्तन गर्ने जनप्रतिनिधिहरूको विषय फेरि बहसमा आएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij