२०८३, आश्विन १ गते

Sep 17 2026

विराटनगरमा जेनजीको प्रदर्शन

विराटनगरमा जेनजीको प्रदर्शन

सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • जेनजी पुस्ताले विराटनगरमा बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । अहिले विराटनगरस्थित कोशी प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन जारी छ । प्रदेशसभा सचिवालय परिसर निषेधित क्षेत्र हो । प्रहरीले प्रदेशसभाको प्रवेशद्वार भन्दा केही पर ब्यारिगेट लगाएको थियो । तर, ब्यारिगेट तोडेर प्रदर्शनकारी प्रदेशसभा सचिवालय अगाडि पुगेर प्रदर्शन गरेका हुन् । 

    प्रदर्शन शान्तिपूर्ण छ । प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन नगर्न भनेर सम्झाइबुझाइ गरिरहेको छ । तर, जेनजीले सचिवालयको गेटअगाडि प्रदर्शन गरिरहेका छन् । प्रदेशसभाको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

    विराटनगरको सन्सारी माईस्थानबाट जेनजीले प्रदर्शन सुरु गरेका थिए । त्यहाँबाट ट्राफिक चोक, महेन्द्र चोक, रोडशेष चोक, मेन रोड, डाँफे चोकलगायतका स्थानमा प्रदर्शन गरिएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij