२०८३, कार्तिक १९ गते

Nov 04 2026

रास्वपा महाधिवेशनः केन्द्रीय सदस्य चयनका लागि मतदान सम्पन्न, अब नतिजाको प्रतीक्षा

रास्वपा महाधिवेशनः केन्द्रीय सदस्य चयनका लागि मतदान सम्पन्न, अब नतिजाको प्रतीक्षा

रोज नेपाल
बिहिवार, आषाढ ११ २०८३
रोज नेपाल
बिहिवार, आषाढ ११ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य चयनका लागि सञ्चालन गरिएको मतदान प्रक्रिया सम्पन्न भएको छ। चितवनको भरतपुरमा जारी पार्टीको प्रथम महाधिवेशन अन्तर्गत आइतबार बिहानदेखि सुरु भएको मतदान निर्धारित कार्यक्रमअनुसार सम्पन्न भएको हो।

    महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले केन्द्रीय सदस्य पदका उम्मेदवारहरूलाई मतदान गरेका छन्। प्रारम्भिक अनुमानअनुसार करिब ६० प्रतिशत प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गरेको बताइएको छ।

    पार्टीका नेताहरूका अनुसार मतदान सम्पन्न भएसँगै मतगणनाको तयारी सुरु गरिएको छ। मतपरिणाम मतदान सकिएको केही घण्टाभित्र सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।

    रास्वपाको विधानअनुसार पार्टीको केन्द्रीय समिति १५८ सदस्यीय रहने व्यवस्था छ। यसमध्ये ९९ जना निर्वाचनमार्फत चयन हुनेछन् भने ५१ जना सभापतिबाट मनोनीत गरिनेछन्। त्यस्तै, सातै प्रदेशका प्रदेश सभापति स्वतः केन्द्रीय समितिमा रहने प्रावधान छ।

    महाधिवेशनबाट पार्टी सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। केन्द्रीय सदस्यको नतिजा सार्वजनिक भएपछि पदाधिकारी चयनको प्रक्रिया अगाडि बढाइने जनाइएको छ।

    रास्वपाको नेतृत्व चयनसँगै महाधिवेशनको राजनीतिक र सांगठनिक गतिविधि थप महत्वपूर्ण चरणमा प्रवेश गरेको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij