काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि लागू हुने विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलर, युरो, बेलायती पाउण्डसहित विभिन्न प्रमुख विदेशी मुद्राको खरिद तथा बिक्री मूल्य निर्धारण गरिएको हो।
राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा कायम गरिएको छ।
त्यस्तै, एक युरोको खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ २९ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्ट्रलिङको खरिददर १९९ रुपैयाँ ०१ पैसा तथा बिक्रीदर १९९ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ।
अन्य प्रमुख मुद्रातर्फ अष्ट्रेलियन डलरको खरिददर १०४ रुपैयाँ र बिक्रीदर १०४ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलरको खरिददर १०६ रुपैयाँ २० पैसा र बिक्रीदर १०६ रुपैयाँ ६२ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९५ पैसा कायम गरिएको छ।
यसैगरी, १० जापानी येनको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा तोकिएको छ। चिनियाँ युआनको खरिददर २२ रुपैयाँ १७ पैसा तथा बिक्रीदर २२ रुपैयाँ २६ पैसा रहेको छ।
मध्यपूर्वी मुलुकका मुद्रातर्फ साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ १४ पैसा र बिक्रीदर ४० रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ। कतारी रियालको खरिददर ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५६ पैसा कायम गरिएको छ।
युएई दिरामको खरिददर ४१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४१ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेटको खरिददर ३६ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा तथा १०० दक्षिण कोरियाली वनको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर समय–समयमा परिमार्जन गर्न सकिने पनि स्पष्ट गरेको छ।