२०८३, कार्तिक १९ गते

Nov 04 2026

सुन–चाँदी दुवै सस्तिए, आज तोलामै घट्यो मूल्य

सुन–चाँदी दुवै सस्तिए, आज तोलामै घट्यो मूल्य

रोज नेपाल
सोमवार, आषाढ १५ २०८३
रोज नेपाल
सोमवार, आषाढ १५ २०८३
  • काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सोमबार सुन र चाँदी दुवै धातुको मूल्यमा गिरावट आएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घटेर २ लाख ८२ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन यही सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँ मा कारोबार भएको थियो।

    त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घट्दै ४ हजार ३१० रुपैयाँ निर्धारण गरिएको छ। आइतबार चाँदीको मूल्य ४ हजार ३२५ रुपैयाँ प्रतितोला रहेको थियो।

    अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले आज सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट आएको व्यवसायीहरूको भनाइ छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij