२०८३, कार्तिक १९ गते

Nov 04 2026

जङ्गली हात्तीको आतंक: झापामा जनजीवन प्रभावित, उदयपुरमा ६ घरमा क्षति

जङ्गली हात्तीको आतंक: झापामा जनजीवन प्रभावित, उदयपुरमा ६ घरमा क्षति

रोज नेपाल
सोमवार, आषाढ १५ २०८३
रोज नेपाल
सोमवार, आषाढ १५ २०८३
  • काठमाडौं । भारततर्फबाट नेपाल प्रवेश गरेका ठूलो संख्याका जङ्गली हात्तीका कारण बाहुनडाँगी क्षेत्रमा स्थानीय बासिन्दाको जनजीवन प्रभावित बनेको छ। करिब ४० देखि ५० वटा हात्ती गाउँ नजिक पुगेपछि सर्वसाधारण त्रसित बनेका छन्।

    हात्तीको जोखिम बढेपछि अभिभावकहरूले बालबालिकालाई विद्यालय पठाउन हिचकिचाइरहेका छन् भने किसानहरू धान रोपाइँको काम रोक्दै दिनभर हात्ती नियन्त्रण र धपाउने प्रयासमा जुटेका छन्। स्थानीय युवा, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल को टोलीले साइरन बजाउने तथा अन्य उपाय अपनाएर हात्तीलाई बस्तीबाट टाढा लैजान प्रयास गरिरहेको छ।

    मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्की ले स्थानीय तह, सुरक्षा निकाय र समुदाय मिलेर काम गरिरहेको भए पनि समस्या दीर्घकालीन रूपमा समाधान गर्न नेपाल–भारतबीच प्रभावकारी समन्वय र संघीय सरकारको पहल आवश्यक रहेको बताए।

    वन क्षेत्रको विनाश, मानव बस्ती विस्तार, प्राकृतिक आवागमन मार्ग अवरुद्ध हुनु तथा वनभित्र आहाराको अभावका कारण हात्तीहरू बस्तीतर्फ आकर्षित हुने क्रम बढिरहेको वन्यजन्तु विज्ञहरूको भनाइ छ।

    यता चौदण्डीगढी नगरपालिका–७ को कुमाङ लामाचौर क्षेत्रमा पनि गएराति जङ्गली हात्ती प्रवेश गर्दा ६ वटा घरमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुर का अनुसार स्थानीय बासिन्दाका काठ र कर्कटपाताले बनेका घरहरू भत्किएका छन्। प्रभावित परिवारलाई नगरपालिकाले अस्थायी रूपमा सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाएको जनाएको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij