काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको सिलसिलामा पक्राउ परेका एमाले नेता विष्णु पौडेललाई सोमबार विशेष अदालतमा उपस्थित गराइएको छ।
पौडेललाई असार ८ गते सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो। उनीमाथि सार्वजनिक पदको प्रभाव प्रयोग गर्दै व्यवसायी दीपक भट्टलाई शेयर खरिद प्रक्रियामा सहजीकरण गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाइरहेको छ।
यसअघि पौडेलले आफ्नो पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सम्बन्धित निकायका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो।
