२०८३, आश्विन २ गते

Sep 18 2026

जल तथा मौसम विज्ञान विभाग- आज ११ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको जोखिम

जल तथा मौसम विज्ञान विभाग- आज ११ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको जोखिम

रोज नेपाल
मंगलवार, आषाढ १६ २०८३
रोज नेपाल
मंगलवार, आषाढ १६ २०८३
  • काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। 

    महाशाखाले जारी गरेको पछिल्लो बुलेटिन अनुसार आज कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली जस्ता देशका प्रमुख नदीहरू तथा तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल नै छ। यसका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको जलसतह पनि हाल सामान्य अवस्थामा रहेको महाशाखाले जनाएको छ।

    ठुला नदीमा तत्काल ठुलो सङ्कट नदेखिए पनि साना नदी तथा खोलाहरूमा भने बहाव तीव्र रूपमा बढ्ने सम्भावना छ। आज विशेष गरी झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, नवलपरासी पश्चिम, रुपन्देही, कैलाली, कञ्चनपुर र ती आसपासका जिल्ला भएर बहने स-साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ। ती क्षेत्रमा आकस्मिक बाढीको 'मध्यम जोखिम' रहने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सजग रहन भनिएको छ।

     
     

    735210829_122225514824355476_8106842175807796954_n732138092_122225514806355476_7710425816778629320_n

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij