२०८३, आश्विन २ गते

Sep 18 2026

इटहरीमा दुई जना आन्दोलनकारीको गयो ज्यान

इटहरीमा दुई जना आन्दोलनकारीको गयो ज्यान

सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • जेनजी आन्दोलनका क्रममा सोमबार सुनसरीको इटहरीमा पनि दुई जनाको मृत्यु भएको छ। 

    प्रहरीको गोली लागेर घाइते भएका ६ जनामध्ये दुई जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ। 

    ‘धरानमा उपचारका क्रममा दुई जनाको निधन भएको भन्ने खबर आएको छ,’ डिएसपी योगराज खतिवडाले भने, ‘घाइते चार जनाको भने उपचार भइरहेको छ।’ 

    घाइते चार जनामध्ये एक जनाको अवस्था गम्भीर छ। उनीहरूको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

    जेनजी प्रदर्शनकारीहरूले सुनसरीको इटहरी उपमहानगर कार्यालयमा आगो लगाएका थिए। त्यही क्रममा प्रहरीले गोली प्रहार गरेको थियो। प्रहरी घेरा तोडेर भित्र पसेका प्रदर्शनकारीले उपमहानगरको कार्यालयमा आगजनी गरेका हुन्। 

    प्रदर्शनकारीहरूले आगजनी गरेपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले इटहरीमा कर्फ्यू आदेश जारी गरेको छ। 

    प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार  मिश्रले इटहरी उपमहानगर क्षेत्रभरि कर्फ्यू लगाएका हुन्। 

    उत्तरमा हलगढा नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकभित्र, पूर्वमा मिलन चोकदेखि जुट विकास भित्र ,दक्षिणमा अख्तियार, यातायात, साथी पेट्रोलपम्प, पुष्पलाल चोक हुँदै बसपार्क क्षेत्रसम्म र पश्चिममा कंलकी मोडदेखि जनता बस्ती भित्रसम्म कर्फ्यू लगाइएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij