२०८३, आश्विन १ गते

Sep 17 2026

सरकारको १०० दिन : ४६५ विस्थापित सुकुम्वासी परिवारलाई प्रतिपरिवार २५ हजार राहत

सरकारको १०० दिन : ४६५ विस्थापित सुकुम्वासी परिवारलाई प्रतिपरिवार २५ हजार राहत

रोज नेपाल
शनिवार, आषाढ २० २०८३
रोज नेपाल
शनिवार, आषाढ २० २०८३
  • काठमाडौं । सरकारले कार्यकालको पहिलो १०० दिनभित्र काठमाडौंका विभिन्न सुकुम्वासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम वितरण गरेको जनाएको छ।

    शनिबार सरकारका सय दिने उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णयअनुसार विस्थापित परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराइएको जानकारी दिए।

    सरकारका अनुसार गत जेठ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले राहत वितरण गर्ने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयन गर्दै प्रभावित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइएको हो।

    यसअघि वैशाख ११ गते सहरी विकास मन्त्रालयले काठमाडौंका १७ वटा सुकुम्वासी बस्तीबाट २ हजार ६०८ परिवार विस्थापित भएको विवरण सार्वजनिक गरेको थियो।

    सरकारले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउने तथा उनीहरूको व्यवस्थापनका लागि आवश्यक थप पहल पनि अघि बढाइने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij