२०८३, कार्तिक १९ गते

Nov 04 2026

अष्ट्रेलिया भ्रमणअघि प्रधानमन्त्री मोदीलाई ज्यानको धम्की, सुरक्षा सतर्कता कडा

अष्ट्रेलिया भ्रमणअघि प्रधानमन्त्री मोदीलाई ज्यानको धम्की, सुरक्षा सतर्कता कडा

रोज नेपाल
आइतवार, आषाढ २१ २०८३
रोज नेपाल
आइतवार, आषाढ २१ २०८३
  • काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी अष्ट्रेलिया भ्रमणअघि उनीविरुद्ध ज्यान मार्ने धम्की आएको सार्वजनिक भएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ।

    भारतीय सञ्चारमाध्यमका अनुसार मोदी जुलाई ९ मा अष्ट्रेलिया जाने तयारीमा रहेका बेला सामाजिक सञ्जालमार्फत उनीमाथि आक्रमण गर्ने चेतावनी दिइएको हो। धम्की सार्वजनिक भएसँगै भारत र अष्ट्रेलियाका सुरक्षा निकायले घटनालाई गम्भीर रूपमा लिँदै निगरानी बढाएका छन्।

    उक्त धम्की मेलबर्नमा आयोजना हुन लागेको ‘मेलबर्न मिट्स मोदी’ कार्यक्रमसँग सम्बन्धित सामाजिक सञ्जाल पोस्टको टिप्पणीमार्फत आएको बताइएको छ। त्यसपछि अष्ट्रेलियाली प्रहरीले घटनाबारे औपचारिक अनुसन्धान अघि बढाएको छ।

    अष्ट्रेलियाली सञ्चारमाध्यमका अनुसार अनुसन्धान टोलीले धम्की दिने व्यक्तिसँग सम्बन्धित आईपी ठेगाना पहिचान गरिसकेको छ। अहिले सम्बन्धित व्यक्तिको पहिचान, उद्देश्य र सम्भावित जोखिमबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

    यस घटनापछि मोदीको अष्ट्रेलिया भ्रमणका क्रममा अपनाइने सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने तयारी गरिएको बताइएको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij