२०८३, आश्विन २ गते

Sep 18 2026

प्रतिनिधिसभा आज बस्दै, विशेष सेवा ऐनदेखि राष्ट्र बैंक संशोधन विधेयकसम्म छलफल हुने

प्रतिनिधिसभा आज बस्दै, विशेष सेवा ऐनदेखि राष्ट्र बैंक संशोधन विधेयकसम्म छलफल हुने

रोज नेपाल
सोमवार, आषाढ २२ २०८३
रोज नेपाल
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा विभिन्न विधेयक र अन्तर्राष्ट्रिय महासन्धिसम्बन्धी प्रस्तावमाथि छलफल अघि बढाइनेछ।

    बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नेछन्। त्यसपछि उक्त विधेयक प्रतिनिधिसभामा पेश गर्ने कार्यसूची तय गरिएको छ।

    यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई विस्तृत दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभाबाट आएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ लाई पनि दफावार अध्ययनका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सभामा पेश गर्ने कार्यसूची रहेको छ।

    त्यसैगरी, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) अन्तर्गत बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ तथा श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१) माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्नेछन्।

    आजको बैठकमा कानुन निर्माणसँग सम्बन्धित महत्वपूर्ण विधेयक र अन्तर्राष्ट्रिय प्रतिबद्धतासम्बन्धी विषयहरू अघि बढ्ने भएकाले संसदीय गतिविधि अर्थपूर्ण रहने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij