काठमाडौं । ब्राजिलका अनुभवी फरवार्ड ले राष्ट्रिय टोलीबाट आफ्नो १६ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम लगाएका छन्। को अन्तिम १६ मा नर्वेसँग २–१ ले पराजित भएपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन्।
३४ वर्षीय नेयमारले खेलपछि भावुक प्रतिक्रिया दिँदै अब ब्राजिलको जर्सीमा आफूलाई मैदानमा नदेखिने बताएका छन्। अन्तिम सिटी बज्नासाथ उनी केहीबेर मैदानमै भावुक बनेका थिए भने टोलीका खेलाडीहरूले अँगालो हालेर उनलाई सान्त्वना दिएका थिए।
चोटका कारण विश्वकपको सुरुआती चरणका खेल गुमाएका नेयमारले प्रशिक्षक को योजनाअनुसार क्रमशः टोलीमा पुनरागमन गरेका थिए। पूर्ण रूपमा फिट भए पनि उनले प्रतियोगिताका अधिकांश खेलमा वैकल्पिक खेलाडीको भूमिकामै अवसर पाए। स्कटल्यान्ड र नर्वेविरुद्ध उनी बेन्चबाट मैदान प्रवेश गरेका थिए।
सन् २०१० मा ब्राजिलको सिनियर टोलीबाट डेब्यु गरेका नेयमारले १२९ अन्तर्राष्ट्रिय खेलमा ८० गोल गर्दै पुरुष फुटबलतर्फ ब्राजिलका सर्वाधिक गोलकर्ता बन्न सफल भए। उनले चार संस्करणको विश्वकपमा ब्राजिलको प्रतिनिधित्व गर्दै लामो समय टोलीको आक्रमण पंक्तिको नेतृत्व गरे। यद्यपि विश्वकप उपाधि जित्ने उनको लक्ष्य भने पूरा हुन सकेन।
नेयमारको अन्तर्राष्ट्रिय करियरमा सन् २०१३ को को उपाधि महत्वपूर्ण उपलब्धिका रूपमा रहेको छ। त्यस्तै कप्तानका रूपमा उनले मा ब्राजिललाई पहिलो पटक ओलम्पिक फुटबलको स्वर्ण पदक दिलाएका थिए। यसअघि मा उनले रजत पदक पनि जितेका थिए।