काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलरको मूल्य १५२ रुपैयाँभन्दा माथि कायम भएको छ।
केन्द्रीय बैंकले अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरेको छ। त्यस्तै, युरोको खरिददर १७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०३ रुपैयाँ ०१ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८१ पैसा कायम गरिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ २६ पैसा र बिक्रीदर १९० रुपैयाँ रहेको छ।
अन्य प्रमुख मुद्राअन्तर्गत अष्ट्रेलियन डलरको खरिददर १०५ रुपैयाँ ५२ पैसा तथा बिक्रीदर १०५ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलरको खरिददर १०७ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५० पैसा तथा सिङ्गापुर डलरको खरिददर ११७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११८ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ।
त्यसैगरी, जापानी येन (१० इकाइ) को खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा, चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ४२ पैसा तथा बिक्रीदर २२ रुपैयाँ ५१ पैसा कायम भएको छ। साउदी रियाल, कतारी रियाल, यूएई दिराम, थाई भाट, मलेसियन रिङ्गेट, दक्षिण कोरियाली वन, स्विडिस क्रोनर र डेनिस क्रोनरको विनिमयदर पनि राष्ट्र बैंकले सार्वजनिक गरेको छ।
यस्तै, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको विनिमयदर पनि अद्यावधिक गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर समय–समयमा परिमार्जन हुन सक्ने जनाएको छ।
