२०८३, आश्विन २ गते

Sep 18 2026

१७५ किलो ५७० ग्राम लागूऔषध गाँजा सहित १७ वर्षीय किशोर पक्राउ

१७५ किलो ५७० ग्राम लागूऔषध गाँजा सहित १७ वर्षीय किशोर पक्राउ

रोज नेपाल
सोमवार, आषाढ २२ २०८३
रोज नेपाल
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौं ।  १७५ किलो  ५७० ग्राम गाँजासहित एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

    धनकुटाको महालक्ष्मी नगरपालिका–६ माङमायाबाट शनिबार राति  १७५ किलो ५७० ग्राम लागूऔषध गाँजासहित  सोही नगरपालिका–४ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले चानुवाबाट लेगुवातर्फ आउँदै गरेको को २ त ४८९८ नम्बरको ट्याक्टरलाई चेक जाँच गर्दा २२ वटा बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध  गाँजा फेला पारी ट्याक्टरमा सवार किशोरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij