२०८३, कार्तिक १९ गते

Nov 04 2026

दिपेश एसकेको निर्देशनमा नयाँ सांगीतिक धमाका “ सोल्टा सोल्टिनी ” आउँदै

दिपेश एसकेको निर्देशनमा नयाँ सांगीतिक धमाका “ सोल्टा सोल्टिनी ” आउँदै

मंगलवार, आषाढ २३ २०८३
मंगलवार, आषाढ २३ २०८३
  • काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ स्वाद र नयाँ प्रस्तुतिका साथ अर्को आकर्षक म्युजिक भिडियो “ सोल्टा सोल्टिनी ” सार्वजनिक हुने तयारीमा रहेको छ। चर्चित भिडियो निर्देशक दिपेश एसकेको निर्देशन मा निर्माण गरिएको यस गीतले सार्वजनिक हुनुअघि नै संगीतप्रेमीमाझ उत्सुकता बढाएको छ।

    गीतमा लोकप्रिय गायक झलक बिबश र सुमधुर स्वरकी धनी पवित्रा गुरुङ को स्वर रहेको छ। गीतको शब्द रचना पनि झलक बिबश स्वयंले गरेका हुन् भने संगीत संयोजन (Music Arrangement) सन्तोष प्रगाढले गरेका छन्। आधुनिक शैली र लोकलयको सुन्दर मिश्रण रहेको “ सोल्टा सोल्टिनी ” गीतले दर्शक–श्रोताको मन जित्ने निर्माण टिमको विश्वास छ।

    “ सोल्टा सोल्टिनी ” गीतको स्टुडियो रेकर्डिङ हार्मोनियम स्टुडियोमा गरिएको हो। अनुभवी रेकर्डिस्ट विक्रम थापा ले गीतलाई प्राविधिक रूपमा उत्कृष्ट बनाएका छन् भने फाइनल एरेन्ज र मिक्सिङ–मास्टरिङ भिषण मानन्धरले गरेका छन्। प्राविधिक पक्षमा समेत कुनै सम्झौता नगरिएको निर्माण पक्षको भनाइ छ।

    निर्देशक दिपेश एसके पछिल्लो समय फरक सोच, आकर्षक दृश्य संरचना र दर्शकमैत्री निर्देशन शैलीका कारण चर्चामा छन्। यसपटक पनि उनले “ सोल्टा सोल्टिनी ” गीतको भाव, कथा र दृश्यलाई आधुनिक प्रविधिसँग संयोजन गर्दै म्युजिक भिडियोलाई उच्चस्तरीय बनाउने प्रयास गरेका छन्। भिडियोमा आकर्षक छायांकन, उत्कृष्ट सम्पादन तथा लोभलाग्दो लोकेसन समेटिएको बताइएको छ।

    निर्माण टिमका अनुसार “ सोल्टा सोल्टिनी ” गीतले प्रेम, भावना र जीवनका यथार्थ पक्षलाई कलात्मक ढंगले प्रस्तुत गर्नेछ। भिडियोको कथा, कलाकार र दृश्य संयोजनलाई हाल गोप्य राखिएको भए पनि सार्वजनिक भएपछि यसले सामाजिक सञ्जालदेखि युट्युबसम्म राम्रो चर्चा बटुल्ने अपेक्षा गरिएको छ।

    नेपाली संगीत बजारमा पछिल्ला दिनहरूमा नयाँ–नयाँ सिर्जनाबीच प्रतिस्पर्धा तीव्र भइरहेका बेला झलक बिबश र पवित्रा गुरुङको यो सहकार्यलाई विशेष चासोका साथ हेरिएको छ। उत्कृष्ट स्वर, बलियो शब्द, आधुनिक संगीत र दिपेश एसकेको सिर्जनात्मक निर्देशनको संयोजनले यो म्युजिक भिडियो वर्षकै चर्चित प्रस्तुतिमध्ये एक बन्न सक्ने अनुमान गरिएको छ।

    निर्माण टिमले भिडियो सार्वजनिक हुने मिति छिट्टै औपचारिक रूपमा घोषणा गर्ने जनाएको छ। अहिले भने गीतको निर्माणसम्बन्धी जानकारी बाहिरिएसँगै दर्शक–श्रोतामा यसको प्रतिक्षा झन् बढ्दै गएको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij